डिभी चिठ्ठामा अमेरिका उडेका वडाध्यक्षले इमेलबाट पठाए राजीनामा

काठमाडौ भदौ ५ / भीमफेदी गाउँपालिकाका वडाध्यक्ष जगतमान घिसिङलेनिर्वाचन जितेपछि डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका उडेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष जगतमान घिसिङले इमेलमार्फत राजीनामा पठाएको छ।

पाँच महिनाअघि गत चैतमा अमेरिका उडेका घिसिङले बुधबार राजीनाममा दिएको इमेल गाउँपालिकामा पठाएका हुन्। तीन महिनाका लागि विदा लिएका घिसिङ पाँच महिनासम्म वडा कार्यालय फर्केका थिएनन्।

तर वडाध्यक्षले इमेलबाट राजीनामा पत्र पठाएको छ,’ गाउँपालिकाका प्रशासकीय अधिकृत जीवन कुँवरले पत्रकारसंग कुरा गर्दै‘कुरियरबाट पनि राजिनामा पत्र पठाउनुभएको भन्ने सुनेको छु। नेपालमा आइपुग्न समय लाग्ला।’

कुँवरका अनुसार वडाध्यक्ष घिसिङले घरायसी कामकाजका कारण पूरा कार्यकाल सेवा गर्न नपाएको राजीनामा पत्रमा लेखेका छन्। ‘घरासयी कारण देखाएर उनले राजीनामा माग गरेको हो’ उनले भने।

गाउँपालिकाले वडाध्यक्षले पठाएको राजीनामा पत्र हेरेर निर्णय लिन बाँकी नै छ। राजीनामा स्वीकृत भएमा यहाँ पनि उपनिर्वाचन हुनुपर्ने हो। निर्वाचन आयोगले मंसिर १४ गतेका लागि उपनिर्वाचन तय गरिसकेकोले अब यहाँ उपनिर्वाचन हुने वा नहुने भन्ने एकीन छैन।

‘कुरियर गरेर पठाएको राजिनामा पत्र गाउँपालिकामा प्राप्त भएपछि बैठक बसेर राजिनामा स्वीकृत भएपछि मात्रै पद रिक्त हुन्छ अनि उपनिर्वाचनको कुरा आउँछ,’ उनले भने। घिसिङ अमेरिका उडेपछि वडा कार्यालय पाँच महिनादेखि प्रमुख विहीन छ।

घिसिङ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएको हो। अहिले वडा सदस्य नमराज अधिकारीले वडा कार्यालयको जिम्मेवारी लिँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस्