पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा मेयर रेनु दाहालले मुख खोलिन्

चितवान भदौ ५ / पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले चितवन जिल्ला तातिरहेका बेला मौन बस्दै आएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले यस घटनाबारे मुख खोलेकी छन् ।

फाईल तस्विर

मेयर रेनु दाहालले पत्रकार पुडासैनी मृत्यु प्रकरणमा सरोकारै नभएका राज्यका उच्च पदस्थ नेतृत्व र आफ्नो समेत नाम जोडेर गरिएको भ्रामक प्रचारप्रति आपत्ति जनाएकी छिन् ।

मेयर दाहालले आज ९बिहीबार० एक विज्ञप्ती जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुःखद भएको बताएकी छन् ।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् । विज्ञप्तीमा महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको उल्लेख गरिएको छ ।

गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् ।

पहिलोपल्ट पाँच दिन हिरासत राखिएका उनीहरुलाई जिल्ला अदालत चितवनले थप पाँच दिन अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएको छ । उक्त म्याद आउँदो आइतबार सकिंदैछ ।

यस्तो छ विज्ञप्ती हेर्नुहोस


प्रतिक्रिया दिनुहोस्