ताप्लेजुङ समाजको तिज बिशेष आमा सम्मान कार्यक्रम सम्पन्न,२०७ जना आमा सम्मानित प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार २१:२२ मिङमा शेर्पा काठमाडौ भदौ ७ / ताप्लेजुङ समाज नेपालको तिज बिशेष तथा आमा सम्मान कार्यक्रम सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)को प्रमुख आतिथ्यमा सम्पन्न सम्पन्न भएको छ । नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शनिवार काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टीप्यालेसमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ६५ बर्ष भन्दा माथिका २०७ जना आमाहरुलाई कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका छन् । सबै भन्दा जेष्ठ मैवाखोला साँघुकी ३ की ९५ वर्षिय महेन्द्रादेबी भट्टराईलाई सम्मान गरियो । महेन्द्रादेबी भट्टराई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको आमा हुन् । त्यसैगरि नेपाल ट्रष्ट सञ्चालक समिती बोर्ड सदस्य याङजोम शेर्पालाई पनि प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । याङजोम शेर्पा ताप्लेजुङ समाज नेपालकी उपमहासचिव पनि हुन् । अतिथीहरुमा ताप्लेजुङ निवासी संघीय रास्ट्रसभा सदस्य सांसद नैनाकला ओझा सांसद माननीय पासाङ शेर्पा , डम्बरध्वोज तुम्बाहाम्फे, भुपेन्द्र थेवे लगायत लगायत जिल्लाका विभिन्न राजनीति क दलका नेता,बिशिष्ट ब्यातित्व, समाजसेवी लगायत रास्ट्र कलाकारहरुको समेत बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै, उपराष्टपति नन्दबहादुर पुन पासाङले नेपालीहरुको महान चाड मध्ये एक महत्वपुर्ण चाड तिज पनि भएको र पछिल्लो चरणमा तिज निकै खर्चिलो र भड्किलो हुँदै गएकोमा दुखेसो पोखाउनुभयो । सम्मान गर्दै गर्दा कतिपय आमाहरु खुशी र कतिपय आमाहरु दुखी भएको महसुस गर्दै आफ्नो बुबा आमालाई गाली गलौज गर्ने मारपिट गर्ने र वृद्ध आश्रम पु¥याने जस्ता गतिविधी भएको जानकारी गराउनु भयो । आफ्नो आमा बुबालाई कुल पुजा गरे जस्तै सम्झेर आमा बुबाको पुजा गर्नु पर्ने समेत जानकारी गराउँदै भावी दिनहरुमा पनि ताप्लेजुङ समाज नेपालले जस्तै देशभर सबैले बुबा आमालाई सम्मान गर्न समेत आग्रह गर्दै ताप्लेजुङ समाजलाई उन्नति प्रगतिको शुभकामना ब्यतm गर्नुभयो । कार्यक्रम सञ्चालन भने ताप्लेजुङ समाज नेपालका महासचिवअग्नि पौडेलले गरेका थिए । । दुई हजार भन्दा बढि ताप्लेजुङबासी तथा गैर ताप्लेजुङबासीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको तीज बिशेष तथा आमा सम्मान कार्यक्रमकी संयोजक तारा श्रेङ मादेनले जानकारी दिएकी दिईन ।