सुनको मूल्य बढ्यो

काठमाडौं भदौ ८ / सुनको भाउ बढेको बढ्यै छ। सुनको भाउ बढेर प्रत्येक दिन जसो नयाँ रेकर्ड बन्न थालेको छ। साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुनको भाउ ७२ हजार २ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्