के तपाई कुकुरलाई जथाभावी शौच गराउनु हुन्छ,? कारबाहीमा पर्नुहोला

काठमाडौं भदौ ८ / आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस्।

अन्यथा काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरूद्ध कारबाही गर्ने गरी तयारी गरेका छन् ।मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेपछि महानगरले सार्वजनिकस्थलमा शौच गराइएको भेटिए कारबाही तयारी थालेको हो।

महानगरको वातावरण व्यवस्थापन विभागले कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढंगबाट शौच गराउन पनि आग्रह गरेको छ।कुकुरको दिसापिसावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घर पालुवा कुकुरलाई घरमै शौच गराउन आग्रह गरिएको कामपाका वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ जानकारी दिए।

एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औसत २७४ पाउन्ड ९एक लाख २४ हजार २८४ ग्राम० दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् ।एउटै कुकुरको दिसा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ। कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ ।


प्रतिक्रिया दिनुहोस्