कस्तो छ त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था

काठमाडौं भदौ ८ / प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जानकारी दिएका छन् । भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको शुक्रबारदेखि नेसनल युनिर्भरसिटी हस्पिटलमा उपचार प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएको हो ।

प्रधानमन्त्री ओलीको मिर्गौलामा एन्टीबडीको मात्रा बढेको चिकित्सकहरुले बताउँदै आइरहेका छन् । मिर्गौलामा बढेको एन्टीबडी कम गर्न प्लाज्मा फेरेसिस उपचार पद्दति अपनाउनु पर्ने र सोही अनुसार गरिएको बताए ।


चिकित्सकका अनुसार, प्लाज्मा फेरेसिस उपचार विधि सुरुमा ३ पटकसम्म गरिन्छ । त्यसपछि पनि एन्टिबडीको मात्रा नघटेमा त्यसलाई बढाएर ६ पटकसम्म गर्नुपर्ने छ । प्रधानमन्त्रीको उपचारको यो प्रक्रिया शुक्रबार पहिलोपटक थालिएको छ । कति पटकसम्म गर्नुपर्ने हो निश्चित भने भइसकेको छैन । भदौ ५ गते पुन सिंगापुर गएका ओली भदौ २० गते फर्कने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्