सुनको मूल्य बढ्यो प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार १२:२४ काठमाडौं भदौ १२ / नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको छ । यस्तै तोजावी सुन तोलामा ७३ हजार १०० मा कारोबार भएका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार चाँदी भने रु १५ ले बढेर ८९५ मा कारोबार भएको छ।