शेर्पा इभेन्टको पहिलो बैठक सम्पन्न,

काठमाडौं भदौ १२ / शेर्पा इभेन्ट अर्ग्नाइजरको पहिलो चरणको बैठक आज राजधानी काठमाडौंको एक होटलमा सम्पन्न भएको छ । शेर्पा इभेन्ट अर्गनाजरले आज बसेको बैठकबाटा समुदायमा भएका शेर्पा युवाहरुलाइ आफ्नो भाषा एकिकृत गर्ने उदेश्यका साथ सकारात्मक एवम् नयाँ कार्यक्रम गर्ने भएको छ ।

विश्व मानव सभ्यताको बिकास संगै विभिन्न अवसरहरूको खोजिमा बसाँईसरी जाने क्रमको नेपालका विभिन्न जिल्लाहरूबाट काठमाण्डौं आई बसोवास गरिरहेका शेर्पाहरू आ-आफ्नो गाउँ क्षेत्रको विकास र आफ्नो जातिको कला संस्कृति र रीतिरिवाजलाई प्रवधन र प्रसार प्रचार गर्ने र अहिलेको परिवर्तन संगै बिशेष शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको हाम्रो भाषा पहिचानलाई संरक्षण, र बिकसित रुपबाट प्रवधन गर्दै जाने र बिशेष गरि शेर्पा समुदायमा लोप हुदै गाइरहेको शेर्पा हरुको महान चाड पर्व र शेर्पाहरुको पहिचानलाइ बचाउन र शेर्पा युवाहरुलाइ एकतामा ल्याउन र एक अर्का विच मैत्रीभाव बडाउने उदेश्यका साथ स्थापन भएको यो संस्था गत साउन महिनामा गठन भएको हो ।

शेर्पा इभेन्ट नामक यो सस्थाले अगामि दिनहरुमा कसरी अगि जाने भन्ने विषयमा अध्यक्ष नुरु शेर्पा उपध्याक्ष मिङ्मा तेन्जि शेर्पा कोषाध्यक्ष आङ फुटि शेर्प महासचिव पेम्बा शेर्पा सचिव छिरि शेर्प लगायत अन्य सदस्य ल्हमु शेर्पा छिरिङ मिङ्मा डोल्मा शेर्पाको उपस्थितिमा उक्त बैठक सम्पन्न भएको महसचिव आङ पेम्बा शेर्पाले जानकारी दिएका छन्


प्रतिक्रिया दिनुहोस्