मेस्सी ‘फरवार्ड अफ दि सिजन’ घोषित

काठमाडौं, भदौ १३ / अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड कप्तान लियोनल मेस्सी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित भएका छन् ।

बिहीबार युईएफएले मेस्सीलाई फरवार्ड अफ दि सिजन अवार्ड प्रदान गरेको हो । बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुगाउन महत्वपूर्ण मूमिका खेलेका उनले च्याम्पियन्स लिगको गोल्डेन बुट पनि पाएका थिए । मेस्सीले बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा गत सिजन १२ गोल गरेका थिए ।

युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा मेस्सीलाई अवार्ड प्रदान गरेको हो । मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि पनि जिताएका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961