भन डाइक सर्वोत्कृष्ट खेलाडी,मेस्सी भए उत्कृष्ट स्ट्राईकर

काठमाडौं भदौ १३ / युईएफए वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड लिभरपुल रक्षक भर्जिल भान डाइकले जितेका छन् । भानडाइकले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका स्टार लियोनल मेस्सीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

युईएफएको सदस्य राष्ट्र«, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा युईएफएले भान डाइकलाई बिहिबार राति विशेष समारोहबीच अवार्ड दिएको हो । भान डाइककले ३०५ अंक पाए । मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाएका थिए । २७ वर्षीय भान डाइकले ‘डिफेन्डर अफ दि सिजन’ को अवार्ड पनि हात पारे ।

भान डाइकले गत सिजन लिभरपुललाई च्याम्पियस लिग जिताउन महत्वपूर्ण योगदान दिएका थिए । लिभरपुल प्रिमियर लिगको उपाधिमा भने एक अंकले मात्र चुकेको थियो । लिभरलुललाई पछि पार्दै म्यानचेस्टर सिटीले लिग जितेको थियो । सन् २०१८ मा ७५ मिलियन पाउन्डमा लिभरपुल पुगेका भान डाइकले गत सिजन उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले यसपटक पिएफएको उत्कृष्ट खेलाडी अवार्ड पनि जितेका थिए ।

सन् २०११ देखि सुरु भएको यस अवार्डको मनोनयमा रोनाल्डोले सबै सिजन परे । उनले तीन पटक यस अवार्ड जितेका थिए । मेस्सीले सन् २०११ र २०१५ मा दुई पटक यस उपाधि हात पारेका छन् । रोनाल्डो र मेस्सी लगातार दोस्रो सिजन उपाधिबाट बन्चित रहे । गत सिजन रियल म्याड्रिडका लुका मोड्रीचले यस अवार्ड जितेका थिए । महिलातर्फ इङ्यान्डकी लुसी ब्रोन्जले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितिन् ।

मेस्सी उत्कृष्ट स्ट्राईकर

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ‘युईएफए स्ट्राईकर अफ दि सिजन’ घोषित भएका छन् । अर्जेन्टिनाका एवं बार्सिलोनाका कप्तान मेस्सीले गत सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गरेका थिए । ‘गोलकिपर अफ दि सिजन’ को उपाधि लिभरपुलका एलिसन बेकरले जिते । ब्राजिलियन गोलकिपर एलिसनले लिभरपुललाई च्याम्पियन्स लिग जिताउन ठूलो योगदान दिएका थिए । यसैगरी बार्सिलोनाका मिडफिल्डर आयाक्सका फ्रेन्की डी जोङ ‘मिडफिल्डर अफ दि सिजन’ घोषित भएका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्