कश्मीरमा भारतीय सेनाको ज्यादती,

काठमाडौं भदौ १३ / जम्मु कश्मीरको संवैधानिक स्वतन्त्रता नियन्त्रणमा लिएसँगै भारतीय सेनाले कश्मीरका सर्वसाधारणलाई कुटपिट गरेको छ। भारत सरकारको निर्णयको विरोध गर्नेहरुलाई नियन्त्रणमा लिएर यातना दिएको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको। सुरक्षाकर्मीले सर्वसाधारणलाई टेलिफोनका तारले कुटेको र करेन्ट लगाएर याताना दिएको पीडितहरुको भनाई छ ।

भारतीय सुरक्षाकर्मीहरुले आफूहरुको विरोध गर्नेहरुमाथि छानी छानी कारवाही गरेको जनाइएको छ। रातको समयमा गस्ती गर्ने बहानामा स्थानीयलाई निर्घात कुटपिट गरेर कठोर याताना दिने गरेको जनाइएको छ। केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार नियन्त्रणमा लिएसँगै उक्त स्थानमा ठूलो संख्यामा भारतीय सुरक्षाफौज तैनाथ गरिएको छ। मुस्लिम समुदायको बाहुल्यता रहेको जम्मू कश्मीरलाई लिएर लामो समयदेखि भारत र पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्