पाकिस्तानले परीक्षण गर्‍यो २९० किलोमिटरसम्म मार हान्ने मिसाइल

इस्लामावाद, भदौ १३ / आणविक शक्ति राष्ट्र पाकिस्तानले २९० किलोमिटरसम्म मार हान्न सक्ने मिसाइलको परीक्षण गरेको छ। भारतले आफू प्रशासित जम्मु कस्मिरलाई विशेष मान्यता दिने संविधानको व्यवस्था हटाएको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न प्रयास गरिरहेको पाकिस्तानले बुधबार राति मिसाइल परीक्षण गरेको हो।

जमिनबाट जमिनमा मार हान्न सक्ने घजनवी नामको उक्त मिसाइलको परीक्षण गरिएको पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफुरले ट्वीटरमा जानकारी दिएका छन्।

मिसाइल परीक्षण सफल भएकोमा पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले पाकिस्तानी टोलीको परीक्षण टोलीमा बधाई दिएका छन्।उक्त मिसाइलले आफूसँगै केही हतियार पनि लैजान सक्छपाकिस्तानले गत मेमा सहिन २ र जनवरीमा नासर मिसाइलको परीक्षण गरेको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस्