प्रधानमन्त्री ओली भदौ २० सम्म सिंगापुरबाट फर्किने

काठमाडौं भदौ १३ / उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भदौ २० गतेसम्ममा स्वदेश फर्किने भएका छन्। नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहालसँग बुधबार टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीले सिंगापुरको आफ्नो बसाइँ अब बढीमा एक साता हुने जानकारी दिएका हुन्।

प्रधानमन्त्रीसँग भएको कुराकानीबारे पत्रकारसंग कुरा गर्दै दाहाले भने प्रधानमन्त्रीले आफ्ना लगभग सबै रिपोर्ट आइसकेको र स्वास्थ्य अवस्था पनि ठीक हुँदै गइरहेको बताउनुभयो।प्रधानमन्त्रीको सचिवालयका अनुसार प्लाज्माफेरेसिस उपचार पद्धति उनको शरीरमा सुट हुँदै गइरहेको छ।

बुधबारनै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको उपचार जारी रहेको र आगामी सातासम्ममा सो प्लाज्माफेरेसिस पद्धतिबाट थालिएको उपचार सम्पन्न हुने जानकारी गराएका थिए।प्लाज्माफेरेसिस भनेको रगतमा रहेको प्लाज्मा छानेर हटाउने प्रकृया हो।

रगतमा रहेको पारदर्शी वस्तु हो प्लाज्मा। यसले रेड सेल, ह्वाइट सेल, प्लेटलेट्स र ब्याक्टेरिया, भाइरससँग लड्ने ‘एन्टिबडी’ बोक्ने गर्छ।यो पद्धतिबाट उपचार थालिएसँग प्रधानमन्त्रीको स्वास्थ्यअवस्थामा क्रमिक सुधार आएपछि उनकी निजी डाक्टर दिव्या सिंह बुधबार नै नेपाल फर्किएकी छन्। भदौ ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीको ६ गतेदेखि उपचार थालिएको थियो।

एकदिन बिराएर गरिने प्लाज्माफेरेसिस तीन पटक गरिसकिएको छ र बिहीबार चौंथो पटक हुँदैछ। प्रधानमन्त्रीको शरीरमा पाँचदेखि सात पटकको बीचमा प्लाज्माफेरेसिस गर्नुपर्ने क्याबिनेट डाक्टर दीलिप शर्माले बताए।१२ वर्षअघि फेरिएको मिर्गौलामा समस्या देखिएपछि प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएका हुन्। प्रधानमन्त्री त्यहाँ रहेको नेशलन युनिभर्सिटी हस्पिटलमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961