कतार विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा

काठमाडौं भदौ १३ / सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि भइरहेको एसियाली छनोटअन्तर्गत कुवेत र चाइनिज ताइपेईविरुई हुने खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। २३ सदस्यीय टोलीको बिहिबार प्रशिक्षक जोहान कालिनले घोषणा गरेका हुन्।

नेपाली टोलीको गोलकिपरतर्फ किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ छन्।डीफेन्डरतर्फ सरोज दाहाल, अजित भन्डारी, दीनेश राजबंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छनोट भएका छन्।

यस्तै मिडफिल्डमा सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई र रोहित चन्दले रहेका छन्।विमल घर्तिमगर, अविषेक रिजाल र नवयुग श्रेष्ठले नेपाली टोलीको अग्रपंक्तीमा हुनेछन्। नेपाल एसियाली छनोटअन्तर्गत सेप्टेम्बर ५ मा कुवेत र सेप्टेम्बर १० तारिखमा चाइनिज ताइपेईसँग भिड्ने छ।


प्रतिक्रिया दिनुहोस्