लिम्बू मञ्च ताप्लेजुङको नयाँ कार्यसमिति चयन

प्रयास लिम्बू ताप्लेजुङ, भदौ १४ / लिम्बू बिद्यार्थी मञ्च ताप्लेजुङको शनिबार अबेर सकिएको नवौं जिल्ला अधिवेशनले सरोज मादेन अध्यक्ष रहेको १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यद्वयमा कृष्ण फुरुम्बो (लिम्बू) र उमा चोङ्बाङ, सचिवमा बिशाल थलङ, सहसचिवमा नवीन साउदेन र कोषाध्यक्षमा नवीन ताप्मादेन रहेका छन् ।


नेतृत्वका लागि भएको लामो रस्साकसी पछि अन्तिम समयमा आएर सहमति जुटेको हो । यसअघि भएको उद्घाटन सत्रमा लिम्बू बिद्यार्थी मञ्चका केन्द्रीय उपाध्यक्ष जलन आङ्बुहाङले मातृ भाषाको प्रवद्र्धन र संघीय लोकतान्त्रिक गणतन्त्रभित्र स्वायत्त लिम्बूवानको पक्षमा बिद्यार्थी संगठनले जनमत सृजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अथिति किराँत याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् ताप्लेजुङका अध्यक्ष भद्रकुमार बोखिम, किराँत याक्थुङ चुम्लुङका ठाकुरसिंह लिम्बू, पत्रकार महासंघ ताप्लेजुङ शाखाका कावा अध्यक्ष चन्द्र पन्दाक ‘प्रयास’, लिम्बू पत्रकार संघकी सचिव माला पालुङ्वा, उज्यालो पोष्ट दैनिकका प्रधानसम्पादक खगेन्द्र अधिकारी लगायतका अथितिले शुभकामना दिएका थिए ।


कार्यक्रममा मातृ भाषाको प्रवद्र्धन र संरक्षणका लागि स्थानीय सरकारले सबैभन्दा बढी महत्व र योजना अघि सानुपर्नेमा जोड दिइएको थियो । लिम्बू बिद्यार्थी मञ्चका जिल्ला अध्यक्ष उपेन्द्र यक्सोको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा बिभिन्न क्षेत्रका महानुभावहरुले शुभकामना दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्