अनिश्चितकालका लागि बैंकका एटिएम बन्द

काठमाडौं भदौ १५ / नेपाली बैंकका एटीएम मेसिन ह्याकरको निशानामा परेपछि बैंकहरुले आफ्नो एटिएम सेवा अनिश्चित कालका लागि बन्द गरेको छ। प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

शनिबार साँझ प्रहरीले पक्राउ परेका ५ चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ र ९ हजार अमेरिकी डलर बरामद गरेको छ। बैंकका खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालिएको थियो ।


प्रतिक्रिया दिनुहोस्