पशुपतिमा चार हजार सुरक्षाकर्मी परिचालन,

काठमाडौं भदौ १५ / तीजको अवसरमा पशुपति दर्शनमा आउने व्रतालुको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन्। पशुपति क्षेत्र विकास कोषले नेपाल प्रहरीसँगको समन्वयमा तीज पर्वमा सुरक्षालाई ध्यान दिँदै पशुपति क्षेत्रमा सादा पोशाकका प्रहरी खटाइसकिएको जानकारी दिएको छ।

मेला अवधिभर चार हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा खटिने छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आग्रह समेत गरेको छ। भदौ १६ गते पशुपतिमा आउनेका लागि चावहिलबाट सवारीसाधन रोकिने छन् भने कालोपुलबाट गाडीलाई प्रवेश निषेध गरिने छ।


प्रतिक्रिया दिनुहोस्