फरक परिर्वतनको प्रयासमा मन्त्री योगेश भट्टराई

काठमाडौं, भदौ १७ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भदौ १४र २०७६ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिए । पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाको बुढानलीकण्ठस्थित निवाश पुगेर मन्त्री भट्टराईले आफूले सम्हालीरहेका मन्त्रालयको बारेमा जानकारी गराएका थिए ।

फाईल तस्विर

प्रतिपक्षी दलका नेतालाई मन्त्रीले भेटेर आफ्नो मन्त्रालयको बारेमा जानकारी दिएको र सुझाव लिएको यो सम्भवतस् यो पहिलो घटना थियो । यो कदमलाई धेरैले नयाँ र असल राजनीतिक संस्कारको रुपमा प्रशंसा गरेका थिए। तर, एकथरीका आलोचकहरुले भने बाहिर देखाउनका लागि ‘सस्तो लोकप्रियताका लागि गरेको कदमको रुपमा पनि व्याख्या गरे । तर, मन्त्री भट्टराईले बाहिरी देखाउने मात्रै होइन व्यवाहारिक रुपमा नै सबैको स्वमित्व र अपनत्व कायम गरेर परिर्वतन गर्न देखिन्छ । तलका यी कामहरुले त्यो पुष्टी गर्छ ।

‘सबै दलको घोषणापत्र सरकारको सम्पति’
मन्त्री भट्टराईले मन्त्री भए लगत्तै मन्त्रालयको कार्यक्रमहरु बारेमा छलफलका लागि सम्बन्धित सबैलाई छलफलमा बोलाए । कर्मचारीहरुलाई सोधे,‘हाम्रा कार्यक्रमहरु के–का आधारमा बन्छ रु’ ‘बजेट तथा नीति कार्यक्रमका आधारमा,’ कर्मचारीहरुको उत्तर थियो, ‘अनि माग र आवश्यकताको आधारमा ।’

फाईल तस्विर

कर्मचारीहरुको उत्तरले मन्त्री भट्टराई सन्तुष्ट देखिएनन् । मन्त्री भट्टराईले निर्देशन दिए,‘सरकारको नीति कार्यक्रमसँगै प्रमुख दलका घोषणापत्रमा पर्यटनको बिषयमा उल्लेख बिषय र प्रतिबद्धता पनि हेर्नुहोस् । सत्तारुढ दल नेकपाको मात्रै होइन अन्य दलहरुको बिषय र प्रतिबद्धता पनि हेर्नुहोस् ।’

कर्मचारीहरुको लागि यो नयाँ घटना जस्तै थियो । यसअघि कुनै पनि मन्त्रीले अरु दलका घोषणापत्र पनि हेर्न सुझाएका थिएनन् । उनले थप सुझाव दिए,‘सबै दलले अध्ययन गरेर नै योजना र प्रतिबद्धता तयार पारेका हुन्छन् । सबै दलका राम्रा योजना र सपना नै सरकारको योजना बन्नुपर्छ । सबै दलको सपना र प्रतिबद्धता सरकारको सम्पति हो । हामी सबैको सरकार हो ।’

सबै राजनीतिक दलका सकरात्मक योजनाहरुलाई कार्यान्वयनमा लैजान सकिए परिवर्तन ठोस हुने उनको बुझाई छ । भन्छन्,‘ जो कोहीले देश र जनताको पक्षमा बनाइएका असल योजना र कार्यक्रम सरकारको सम्पति हो ।’

एकले अर्कालाई निषेध र अबरोधले होइन सबैप्रतिको सम्मान, साझा संकल्प र अभियानले देश बनाउनुपर्ने मन्त्री भट्टराईको भनाई छ । भन्छन्,‘राजनीतिक परिवर्तनको निम्ती जसरी एकजुट भएका थियौं । त्यसैगरी समृद्धिको लागि पनि एकजुट बन्नुपर्छ ।’

कर्मचारीलाई प्रश्न, ‘बिपीको नाममा खोइ ?
यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुष्पलालको नाममा स्थापना गरेको ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’को बिषयमा छलफल थियो । मन्त्री भट्टराईले सोधे,‘बिपीको नाममा चै पुरस्कार छैन रु’ यो प्रश्नले कर्मचारीहरु झनै छक्क परे । कांग्रेसका नेताहरु मन्त्री हुँदा समेत नसोधिएको प्रश्न मन्त्री भट्टराईले सोधेका थिए ।

पुष्पलालको नाममा मात्रै पुरस्कार भएको सुनेपछि मन्त्री भट्टराईले भने, ‘हामीले हाम्रो इतिहास सबै गौरवहरुलाई सम्मान गर्नुपर्छ । सबैको साझा योगदानले आज हामी यहाँ छौं ।’ मन्त्री भट्टराईको यो भनाईले सबै कर्मचारीहरु प्रभावित भए ।

सचिवालयमा भावनात्मक एकताको सन्देश
अहिले नेकपाको नेतृत्वमा सरकार छ । नेकपा अर्थात् तत्कालिन नेकपा ९एमाले० र नेकपा माओवादी केन्द्र मिलेर बनेको एकीकृत पार्टी । तर, सबै मन्त्रालय एकीकृत पार्टीको जस्तो छैन । पूर्व माओवादी नेता मन्त्री भएको मन्त्रालयको सचिवालयमा पूर्व माओवादीका कार्यकर्ता मात्रै छन् । पूर्व एमाले मन्त्री भएको मन्त्रालयको सचिवालयमा पूर्व एमालेका कार्यकर्ता मात्रै राखिएका छन् । तर, मन्त्री भट्टराईले भावनात्मक एकता हुने गरी सचिवालयमा पूर्व एमाले र माओवादीबाट राखेका छन् ।

मन्त्री भट्टराईले सचिवालयमा तत्कालिन एमाले निकट काठमाडौं(ताप्लेजुङ्ग सम्पर्क मञ्चका अध्यक्ष सन्तोष मादेन र तत्कालिन माओवादी निकट काठमाडौं(ताप्लेजुङ्ग जनसम्पर्क समितिका अध्यक्ष डण्डु शेर्पा राखेका छन् । पार्टी एकताको भावनात्मक सन्देश दिने गरी उनले सचिवालय बनाएका हुन् ।

‘सबैको इतिहासको सम्मान’
एमाले र माओवादीबीच एकता भएपनि भावनात्मक एकता अझै भइनसकेको देखिन्छ । नेता तथा कार्यकर्ताहरुले एक अर्काका विगतलाई कोट्याएर आरोप प्रत्यारोप पनि हुने गरेको छ । तर, भट्टराई मन्त्री भए लगत्तै तत्कालिन एमालेको कार्यालय रहेको बल्खु र तत्कालिन माओवादीको कार्यालय पेरिसडाँडा पुगे । पेरिसडाँडा पुगेर उनले जनयुद्धका सहिदहरुलाई सम्झिए । मन्त्री भट्टराईले आजको विशाल एकिकृत नेकपा दुबै धारको योगदान र बलिदानबाट बनेको भन्दै एकअर्काको विगतप्रति सबैले गौरव गर्नुपर्ने बताउँदै आएका छन् ।

‘सामन्ती’ संस्कृति बिरुद्ध आक्रमक
मन्त्री भट्टराईले सपथ पदभार ग्रहण गरे लगत्तै मन्त्रालयमा ‘सियो’ शब्द नबोल्न निर्देशन दिए । अहिले पनि बिभिन्न मन्त्रालयमा ‘आइसियो, गइसियो’ भन्ने भाषा प्रयोग हुने गरेको छ । मुलत यस्तो भाषा दरबारमा प्रयोग हुने गरेको थियो । यो भाषा अहिले मन्त्रालयमा बन्द भएको कर्मचारीहरु बताउँछन् ।

१६ भदौ २०७६ मा हिन्दू महिलाहरुको महान चाडपर्वको रुपमा लिइने हरितालिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि पशुपतिनाथ पुगेकी थिइन् । विभागी मन्त्रीको हिसाबले मन्त्री भट्टराई पनि त्यहाँ पुगेका थिए । पशुपतिनाथमा विभागी मन्त्रीको हिसाबले कार्यकक्ष बनाइएको हुन्छ ।

कार्यकक्षमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र स्वयं पर्यटनमन्त्री भट्टराईको फोटो राखिएको थियो । आफ्नो तस्बिर देखेपछि मन्त्री भट्टराईले तस्बिर तुरुन्त हटाउन निर्देशन पनि दिए । पछिल्लो समय विभिन्न उच्च पदस्तहरुले कार्यक्रममा आफ्नो ठूलो फोटो टाँस्ने, पीर्कामा सलामि लिने जस्ता व्यवहार देखाइरहँदा मन्त्री भट्टराईले भने त्यसको विरोध गरेका छन् ।

कर्मचारीलाई सकारात्मक सोचको तालिम
नेपालको एकमात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरुको व्यवाहार र शैलीलाई बारम्बार आलोचना हुने गरेको छ । कर्मचारीहरूको ‘सकारात्मक सोच’ बिकासका लागि मन्त्री भट्टराईले प्रशिक्षण नै सुरु गराएका छन् ।

मन्त्री भट्टराईले सेवाग्राहीहरूले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका कर्मचारीहरूको व्यवहारप्रति नकारात्मक टिप्पणी गर्ने गरेकाले सरकारले त्यसमा सुधार ल्याउन सो प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । ६ दिनसम्म चल्ने सो प्रशिक्षण कार्यक्रमले त्यहाँ कार्यरत कर्मचारीहरूको काम गर्ने शैलीमा पनि सुधार आउने विश्वास उनको विश्वास छ । प्रशिक्षण कार्यक्रममा सो विमानस्थलका कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीहरू सहभागी छन् ।

गल्ती गर्ने ‘न आफ्नो, न बिरानो’
मन्त्री भट्टराईले गलत काम गर्ने जो कोहीलाई कारबाही गर्ने बताएका छन् । उनले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने सम्पर्क अधिकृत ९लियोजन अफिसर०लाई कारबाही गर्ने बताएका थिए । यही क्रममापयर्टन विभागले सगरमाथाकोे बेस क्याम्प नपुगी सगरमाथा आरोहण प्रमाणित गर्ने १५ जना सम्पर्क अधिकृत ९लियोजन अफिसर० सँग स्पष्टीकरण सोधेको छ ।

विभागले १५ दिनभित्र स्पष्टीकरण बुझाउन प्रत्येक कर्मचारीलाई छुट्टाछुट्टै पत्र पठाएको हो । आरोहीसँग सगरमाथा आरोहणमा जाने सम्पर्क अधिकृतले आफू बेस क्याम्पमै नपुगी आरोहीलाई सगरमाथाको चुचुरामा पुगेको प्रमाणित गरेको समाचार आएको थियो ।

मन्त्री भट्टराईको निर्देशनपछि सुन तस्करीमा मुछिएका किशोरकुमार खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उपप्रबन्धकबाट हटाइएको छ । आइतबार मात्र विमानस्थलको एक कार्यक्रममा दाग लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिएका थिए । लगतै नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएर झापा सरुवा गरेको छ ।

खत्री २२ वैशाख २०७४ मा तस्करी गरेर ल्याउँदै गरेको ४० तोला सुनसहित पक्राउ परेका थिए । त्यसबेला एयर ट्राफिक कन्ट्रोलर कर्मचारी रहेका उनले कतार एयरवेजको उडानबाट आएको मनिगा रिमालको सुन रिसिभ गरेका थिए । एक्सरे मेसिनमा चेकजाँचका क्रममा सुन भेटिएपछि भन्सार कार्यालयले उनलाई पक्राउ गरेको थियो । तर छानविनका क्रममा सुन तस्करीमा संलग्न नभएको भन्दै छाड्यो । त्यसपछि उनी झापाको चन्द्रगढीमा कार्यरत थिए

पछिल्लो समय काजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए । तर मन्त्री भट्टराईले यस्ता विवादास्पद कर्मचारीलाई नराख्न निर्देशन दिएपछि फेरि चन्द्रगढी पठाइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्