प्रधानमन्त्रीलाई भेट्न दुई नेकपा सचिवालय सदस्य सिंगापुर जाँदै

काठमाडौं भदौ १७ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका दुई नेता सिंगापुर जाँदैछन्। नेकपाका नेता वामदेव गौतम र महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर जान लागेकोहो। उनीहरु आज दिउँसो १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। दुबै नेता प्रधानमन्त्रीसँगै फर्किने योजनाका साथ जान लागेका हुन्।

प्रधानमन्त्रीले आफनो स्वास्थ्य अवस्था सामान्य रहेको बताइरहँदा पनी उनीहरु सिंगापुर नै गएर भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। गत भदौ ५ गते स्वास्थ्य परीक्षणको फलोअपका लागि पुन सिंगापुर गएका प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ।


प्रतिक्रिया दिनुहोस्