जहाज उडाउन सिकाइरहेका प्रशिक्षक बेहोस्,सिकारुले अवतरण गराए विमान

कामाठौं भदौ १७ / प्रशिक्षक आकाशमै बेहोस् भएपछि एक प्रशिक्षार्थी चालकले अस्ट्रेलियामा एउटा सानो विमानलाई सफलतापूर्वक अवतरण गराएको छ। पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रणसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए ।

उनले विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरुको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन् । यो आजको समाचार कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्