इतिहासमै पहिलो पटक अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता हुंदै,

मिङमा शेर्पा पाङकर्मा काठमाडौं भदौ १७ / परम्परागत भाषा धर्म संस्कृति हाम्रो पहिचान यसलाइ जोगाइ राख्ने हामि सबैको अभियान भन्ने मुल नाराकासाथ शेर्पा इभेन्ट अर्गनाइजरले प्रथम पटक अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता गर्ने भएको छ ।

शेर्पा भाषा, कला संस्कृतिको संरक्षण र विकासमा टेवा पुग्ने र विज्ञान र प्रविधिको युगमा युवा पुस्तामा पनि हाम्रा शेर्पा परम्परागत भाषा धर्म संस्कार संस्कृतिहरुको संरचना गराउने र समय परिस्थिती अनुसार शेर्पा संस्कृतिको विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने आशाकासाथ प्रथम अनलाइन शेर्पा उद्घोषण प्रतियोगिता हुने भएको हो ।

यस उद्घोषण प्रतियोगिताले शेर्पा युवाहरुलाई प्रोत्साहित र विकास र नयाँ अनुभव हुने भएको कार्यक्रम आयोजक नुरु शेर्पाले जानकारी दिएका छन् । आधुनिक शैलिमा शेर्पा भाषा धर्म र संस्कृतिको जगेर्ना भन्ने नाराका साथ अगि बढ्दै शेर्पाहरुको संस्कृति, पहिचान र विविध संस्कृति मुल्य र मान्यताहरुलाई सदैव जीवन्त राख्दै जसको विकास गराउने उद्देश्य लिइ नेपालमै पहिलो पटक प्रथम शेर्पा अनलाइन उद्घोषण प्रतियोगिता आयोजन गर्न लगेको शेर्पाको भनाइ छ ।

प्रथम पटक आयोजना गर्न लागिएको प्रथम अनलाइन शेर्पा भाषा उद्घोषण प्रतियोगिता प्रतिस्पर्धामा सहभागी हुनका लागि शेर्पा भाषामा कार्यक्रम सञ्चालन तथा उद्घोषण गरि रेकर्ड गरिएको भिडियो इभेन्ट अर्गनाईजर फेसबुक पेजमा म्यासेज गर्नु पर्ने छ । तपाईंले प्रस्तुत गरिएको आवाजलाइ जस्तको त्येस्तै प्रतिस्पर्धा गराउने छ ।

प्रथम हुनेलाइ विशेष पुरस्कारको ब्यावस्था समेत गरिएको आयोजकको भनाई छ । शेर्पा आवाजमा रेकर्ट गरिएको २ मिनेटको भिडियो इभेन्टको पेज इन्बोक्समा पठाउनु पर्ने छ । प्रतिस्पर्धाको लागि शुद्व शेर्पा भाषमा रेकर्ट गरिएको भिडियो हुनु पर्ने र भिडियोमा आफ्नो परिचय समेत खुलाउनु पर्ने र भिडियो कम्तीमा २ देखि बढिमा ३ मिनेट सम्मको हुनु पर्ने शेर्पाको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्