गौशाला जंगलमा एक जोडीले गरे आत्महत्या

काठमाडौं भदौ १७ / काठमाडौंको गौशालास्थित भण्डारखाल जङ्गलमा खोटाङका एक जोडीले आत्महत्या गरेका छन्। खोटाङकी एक महिला र पुरुषले मंगलबार बिहान आत्महत्या गरेको गौशाला प्रहरीले दताएको छ।

गौशाला वृत्तका अनुसार खोटाङको दिक्तेल-रुपाकोट मझुवागढी नगरपालिका-१० घर भई बाँसबारीमा बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्‍ने ३३ वर्षीया उमिता दमाई एकै रुखमा झुण्डिएको अवस्थामा भेटिएका प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जनाए।

मर्निङ वाकमा निस्केका स्थानीयले दुवैजना झुन्डिएको देखेपछि प्रहरी घटनास्थल पुगेका थिए। प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाएको जानकारी दिए। दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको छ।

उनीहरु दुवैजना खोटाङ कारागार कैद भुक्तान गरेर निस्किएको खुलेको छ। बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदुर हुन्। बिहान मात्रै उनकी पत्नी र छोरा प्रहरीकहाँ पुगेका थिए। गिरी सोमबार बेलुका पशुपति घुम्न जाने भन्दै निस्किएका खुलेको प्रहरी निरीक्षक राउतले बताए । जेलबाट छुटेर खोटाङमै बसिरहेकी उमिता काठमाडौँ आएको कारण नखुलेको प्रहरीले जनाएको छ । उमिता काठमाडौंमा दिदी(भेनाजुको कोठामा बस्दै आएकी थिइन्


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961