कपनमा दुई समूहबीच ग्याङफाइट हुँदा एकजनाको मृत्यु

काठमाडौं भदौ १८ / कपनमा दुई समूहबीच ग्याङफाइट हुँदा एकजनाको मृत्यु भएको छ । ग्याङ फाइटमा खोटाङ घर भई कपनस्थित आदर्शनगर बस्दै आएको १८ वर्षीय सञ्जय राईको मृत्यु भएको हो । मङ्गलबार राती ९ बजे दुई समूहबीच ग्याङफाइट हुँदा गम्भीर घाइते भएका राईको टिचिङ अस्पतालमा उपचारको क्रममा राती ११ः२५ बजे मृत्यु भएको हो ।

राईको घाँटी र छातीमा गम्भीर चोट लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । सञ्जयको हत्यामा संलग्न संखुवासभाका ३१ वर्षीय प्रेम राई र इलामका २६ वर्षीय सुसान राईलाई प्रहरीले बुधवार बिहान बौद्धको सिस्टाटारबाट पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस्