प्रहरीद्वारा चालकमाथि कुटपिट

काठमाडौं भदौ १८ / अव्यवस्थित पार्किङ हटाउन गएका दुई प्रहरीले एक कन्टेनर चालकलाई कुटपिट गरेका छन्। मंगलबार रसुवाको टिमुरे सडकखण्डमा बा६ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले कुटपिट गरेको हो। ती प्रहरीको नाम भने रसुवा प्रहरीले गोप्य राखेका छन्।

रसुवाका प्रहरी नायब उपरीक्षक भोगेन्द्रपुरुष ढकालका अनुसार पार्किङ हटाउन गएका प्रहरीलाई चालकले पहिले अपशब्द बोलेका थिए। के भनेकोरु भन्दै झम्टिन पुगेका प्रहरीलाई चालकले दुर्व्यवहार गरेपछि प्रहरीले नियन्त्रण लिँदा सामान्य धकेलाधकेल भएको उनले दाबी छ।

उक्त घटनाको सार्वजनिक भिडियोमा प्रहरीले चालकलाई लात्ती प्रहार गरेका छन्, कपालमा समातेर लडाएका छन्। भिडिओ सार्वजनिक भएपछि प्रहरीको सर्वत्र आलोचना भइरहेको छ। यो घटनाको स्थानीयले विरोध पनि गरे। तर, प्रहरीले नटेरेको देखिएको छ। ड्राइभरको इज्जत छैनरु यसरी कुटपिट गर्न मिल्छरु भन्दा ती प्रहरीले स्थानीयलाई नै हकारेका थिए।

डिएसपी ढकालले भने प्रहरीले सामान्य कारबाही गर्दा भिडिओ खिचेर भाइरल बनाइएको दाबी गरे। उनले घटनाबारे अनुसन्धान थालिएकाले प्रहरी कर्मचारीको नाम भन्न नमिल्ने बताए।


प्रतिक्रिया दिनुहोस्