वडा कार्यालयमै छुरा प्रहार,

झापा भदौ १८ / झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा पुरानो रिसइवीका कारण साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए । घाइते राईको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा अहिले उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएका छन् ।

पुरानो रिसइवीका कारण राईको छातीमा छुरा प्रहार गर्ने तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले दताएको छ ।


प्रतिक्रिया दिनुहोस्