राई विद्यार्थीले भव्यरुपमा मनायो स्थापना दिवस

काठमाडौं, भदौ १८ / राई विद्यार्थीहरुको संस्था किरात राई विद्यार्थी संघले उपत्यका र प्रदेश नं। १ भरी भव्यरुपमा कार्यक्रम गरि स्थापना दिवस मनाएको छ । २१ औँ स्थापना दिवसको अवसरमा संघले भव्यरुपमा स्थापना दिवस मनाएको हो ।

संघको केन्द्रीय कार्यसमितीले संस्थापक अध्यक्षा नविन राईको सम्मानमा रक्तदान र ‘मातृभाषामा शिक्षा कार्यन्वयन’ अन्तक्र्रिया कार्यक्रम गरे । केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा संघले ‘मातृ भाषामा शिक्षा अभियान’ चलाउने घोषणा समेत गरेको छ । रक्तदान कार्यक्रममा ५० पिन्ट रगत सङ्कलन भएको छ ।

यसअघि उपत्यका कार्यसमिती किरात माङखिम हात्तिवनमा सरसफाइ कार्यक्रम गरेको थियो ।
संघको जिल्ला कार्यसमिती धनकुटाले खुल्ला कविता प्रतियोगिता, पाँचथर जिल्लाले वक्तृत्वकला प्रतियोगिता र झापा जिल्ला सांस्कृतिक कार्यक्रम, उदयपुरले दिप प्रज्वलन कार्यक्रम, खोटाङमा चियापान कार्यक्रम गरि मनाएको केन्द्रीय सचिव दिपेन थुलुङ राईले जानकारी दिए ।

यसअघि भदौ १५ गते सुनसरी जिल्ला कार्यसमिती धरानमा हाजिरी जवाफ प्रतियोगिता गरि मनाएका जानकारी दिए ।स्थापना दिवस भव्यरुपमा मनाउने गरिएको निर्णय अनुसार नै संघले सबैतीर भव्यरुपमा स्थापना दिवस मनाएको केन्द्रीय महासचिव रविन राईले जानकारी दिए ।


राई भाषिकरुपमा धनी जाति
केन्द्रीय कार्यसमितीको कार्यक्रमलाई सम्बोधन गर्दै किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले मातृभाषा एउटा ठूलो विषय भएको बताए । किरात राईभित्र २८ वटा भाषा भएको जानकारी गराउँदै किरात राई जाति भाषिक धनी भएको बताए ।

‘हामीले गर्वकासाथ भन्न सक्छौँ किरात राई जाति र समुदाय यस्तो हो, जसभित्र २८ वटा मातृ भाषाहरू बोलिन्छ’, उनले भने । कार्यक्रमको प्रमुख अतिथिसेत रहनु भएका अध्यक्ष राईले किरात राई जस्तै एउटा जाति धेरै मातृभाषा बोल्न र धेरै जाति एउटा मातृभाषा बोल्ने जातिहरू अरू पनि भएको बताउनुभयो । प्रदेश एकले सम्पर्क भाषा राईको हुनुपर्नेमा जोड दिनुहुँदै संसारमा भारतको नागा जातिहरु मात्रै किरात राई जाति भन्दा बढी मातृभाषा बोल्ने भएको पनि जानकारी गराए । ।

राईभित्र धेरै भाषा भएकाले जुन मातृभाषाको घनत्व बढी देखिन्छ सोही मातृभाषालाई प्रश्रेय दिनुपर्ने बताए ।एउटा प्रदेशमा, जिल्लामा मातृभाषामा प्रयोग गर्न नसके पनि स्थानीय तहमा मातृभाषाको प्रयोग गर्न सकिने बताए । ‘स्थानीय तहमा मातृभाषालाई सरकारी भाषाको रूपमा प्रयोग गर्न सक्छौँ, एउटा नगरपालिकारगाउँपालिकामा गर्न नसके पनि एउटा वडामा सरकारी भाषा रूपमा मातृभाषालाई बनाउन सक्छौँ, जबसम्म सरकारी भाषाको रूपमा मातृ भाषा प्रयोग गर्न सक्दैनौँ, गाह्रो मातृ भाषा पनि बाच्दैन’, उनले भने ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घको पूर्व केन्द्रीय महासचिव पर्शुराम तामाङले भाषिक अभियान थाल्ने अभियानकर्ताले सबैभन्दा पहिला भाषा जान्नु पर्ने र भाषाको लागि मास्टर प्लान बनाएर लाग्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा भाषाविद् डा। तारामणि राईले मातृभाषा आमा जस्तो भएकाले यसलाई मार्न र मर्न दिन नहुने बताए । भाषा ज्ञान, विचारको माध्यम र पहिचान भएकोले ज्ञान लिन मातृ भाषामा पठनपाठन हुनुपर्ने उनको जोड छ ।

संघका अध्यक्ष जितेन राईले मातृ भाषामा शिक्षा अभियान गर्ने गाउँ–गाउँ जाने बताए । मातृभाषामा शिक्षा दिने वातावरण बन्न कठिन भएको भन्दौ गाउँ–गाउँ गएर मातृभाषाको महत्वको बारेमा सबैलाई जानकारी गराउनु पर्ने आवश्यक रेहको उनको ठहर छ ।


प्रतिक्रिया दिनुहोस्