सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं, भदौ १९ / रुपन्देही र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । रुपन्देही, सिद्धार्थनगर नगरपालिका-८ स्थित सडकमा युपि १४ सिबि ००८८ नम्बरको
टाटा सफारी गाडीले लु.२४ प.२८३५ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा
गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ओमसतिया गाउँपालिका-३ लालपुर बस्ने ५८
वर्षीय प्रेमजित थारू र उनकै श्रीमती ५६ वर्षीय बासमती थारुको भिम अस्पताल भैरहवामा
उपचारको क्रममा मृत्यु भएको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बुढीगंगा गाउँपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको मोरटरसाइकलको
ठक्करबाट पैदलयात्री बिराटनगर महानगरपालिका-४ बस्ने ७० वर्षीय अक्षयलाल राजवंशीको
बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल
बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको
प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्