दिनभर बाबु र दाजुसँग मकै भाँचेका साँझमा गरे ११ वर्षका बालकले आत्महत्या

काठमाडौं भदौं १९ / दिनभर बारीमा मकै भाँचेका गुल्मीका ११ वर्षीय एक बालक घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका– ८ तुराङ्ग पिपलपाटाका ११ वर्षीय विपिन रजाली बुधबार घरकै तलामा झुण्डिएको र पछि सास छँदै परिवारजनले थाह पाई चुङ्गीको पासो फुकाई उपचारका लागि लैजान खोच्दै गर्दा उनको मृत्यु भएको वडाका वडाध्यक्ष नन्दराम आर्यालले बताएका छन् ।


विहान वहिनीसँग छिमिकेको घरमा टेलिभिजन हेर्न गइ फर्केपछि बाबु र दाजुसँग बारीमा मकै भाँच्न गएको परिवारले बताए । वडाध्यक्ष अर्याले भने, ‘साँझपख बारीबाट घर आइभित्र पसेको र ढोका लागाई झुण्डिएको उनकी ८ वर्षीया वहिनीले देखेर बाबुलाई खबर गरेपछि बाबु आइ ढोका फोडेर चुङ्गीको पासो फुकाई मलाई खबर गरेका थिए । त्यस बेला उनको सास थियो भन्ने सुनिन्छ , केहि वेरपछि मृत्यु भए छ ।’

उक्त खबर थाह पाउन साथ अहिले प्रहरीको टोली त्यस तर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेते बताए । उनकी आमा मिना रजाली दुई वर्षदेखि बैदेशिक रोजगारका लागि साउदी अरवमा रहेको वडाध्यक्षले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्