जीत लिम्बुको शिरैफुल शिरबन्दी बोलको पुर्वेली म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौ,२० भदौं / गीतकार तथा संगीतकार जीत लिम्बुको शिरैफुल शिरबन्दी सिरै माथि सिउरेको बोलको पुर्वेली गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सफल क्यामेरा म्यान तथा इडिटर समेत रहेका गायक बीबी लिम्बु र चर्चित गायिका सुनिता थेगिम लिम्बुको आवाजमा रहेको गीतको म्युजिक भिडियो शुक्रबार रेम्बो रेज म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक भएको हो ।

गीतको भिडियो सुटिङ पुर्वी पहाडी जिल्लाको विभिन्न रमणीय ठाँउहरुमा भएको थियो । हावा सरर , बज्यो लौ हरन, धानैमा नाच्नु सोल्टिनी , के छ समचार, जस्ता बिभिन्न्न चर्चित पुर्वेली गीतको गीतकार तथा संगीतकार जीत लिम्बुको यो गीत पनि पुर्वेली भाकामा नै रहेको छ । यस गीतमा एरेन्ज बरिष्ट गायक तथा संगीतकार कृष्णभक्तm राइले गरेका छन् भने शब्द संगीत जीत लिम्बुको रहेको छ ।

भिडियो हेर्नको लागी तलको लिंकमा जानुस्

लिम्बु जातिको बिशेष पहिचान झल्किने गरी बनाइएको यस म्युजिक भिडियोको निर्देशन प्रकाश लिम्बुले गरेका छन् भने छायाङकन बीबी लिम्बु,पर्शु राम लिम्बु र बिजेश महर्जनले गरेका छन् । यस गीतको कोरियोग्राफर रमेश सुनुवार हुन् भने ड्रेस डिजाइन द हाइल्यान्ड आर्ट काठमाडौं गरेको छ । म्युजिक भिडियोमा गायक र नायक तथा मोडल कन्चन थलङ लिम्बु र सोनिया लिम्बुको अभिनय रहेको छ ।


प्रतिक्रिया दिनुहोस्