टानको अध्यक्षमा खुम सुवेदी विजयी

काठमाडौं भदौ २१ / ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहबाट धादिङ ज्वालामुखिका खुमबहादुर सुवेदी विजयी भएका छन् ।टानको शुक्रबार सम्पन्न ४१ औं वार्षिक अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी धादिङ त्रिपुरासुन्दरीका अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै विजयी भएको हो।

सुवेदीले ५२१ मत ल्याएर विजयी भएका हुन् भने पराजित थापाले ४३८ मतमा सिमित रहे । महासचिवमा भने थापा समुहकी सरिता लामा १३ मतान्तरले अर्का प्रत्यासी कर्मा शेर्पालाई पराजित गर्दै विजयी भइन् । नयाँ कार्यसमितिको सुवेदी समुहका बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समुहका दामोदर ढकाल निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा सुवेदी समुहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।महिला सदस्यमा थापा समुहकी ङिमादिकी शेर्पा निर्वाचित भएकी छिन् ।सदस्यमा थापा समुहको पाँच जना ठाकुर सापकोट, प्रेम बहादुर लामा मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समुहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्