भालेविरुद्ध मुद्दा हाल्ने नै परे कारबाहीमा

काठमाडौं भदौ २१ / एकाबिहानै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्ब’ भएको भन्दै अदालतमा मुद्दा दायर गर्ने उल्टो कारबाहीमा परेकी छिन् । फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसेको भाले बासेर ‘डिस्टर्ब’ गरेको आरोपमा उनकी छिमेकी विमान परिचारिकाले ४ हजार युरो माग दाबी गर्दै गत मे २४ मा मुद्दा दायर गरेकी थिइन् ।

त्यसका साथै उनले भाले हटाउनसमेत अदालतमा माग गरेकी थिइन् । मुद्दाको सुनुवाइ गर्दै अदालतले उनको मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको थियो । तर भाले धनी बुसे क्षेत्रीय अदालत रोसफोर्ड कोर्टमा पुनरावलोकनका लागि मुद्दा दायर गरेकी थिइन् ।

दुवै तर्फको बयान, प्रहरीको अनुसन्धान, मरिनीले कपियनका मेयरले भालेका पक्षमा दिएको समर्थन र जीवजन्तुको अधिकारका पक्षमा आएका दस्तावेजहरुको अध्ययनपछि अदालतले बिहीबार उजुरीकर्तालाई नै एक हजार युरो जरिवाना गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961