किरात राई यायोख्खाले भन्यो,‘जीतेन राई नेतृत्वको राई विद्यार्थी नै आधिकारीक

काठमाडौं, २२ भदौ । किरात राईहरुको संस्था किरात राई यायोख्खाले भातृसंस्था किरात राई विद्यार्थी संघको जीतेन राई नेतृत्वको केन्द्रीय कार्यसमिती नै आधिकारिक भएको बताएको छ । यायोख्खाले शनिबार विज्ञप्ती जारी गरि संघको खोटाङको दिक्तेलमा सम्पन्न ९ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट विधि विधान सम्मत निर्वाचित जीतेन राईको अध्यक्षतामा बनेको केन्द्रीय समिती आधिकारिक भएको बताएको हो ।

यसैगरी यायोख्खाले २०७६ साल भदौ १८ गते झापा जिल्लाको दमकमा किरात राई विद्यार्थी संघ गठन गरेको घोषणा विभिन्न गरिएको सामाजिक सञ्जालमा आएको समाचार प्रति ध्यानकर्षण भएको बताउँदै समानान्तर संगठनको नाममा खोलिएको भनि समाजमा भ्रम फैलाउने काम गरेकोले कोही पनि भ्रमित नहुन समेत आग्रह गरेको छ ।

किरात राई यायोख्खाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ सामाजिक सञ्जालमा किरात राई विद्यार्थी केन्द्रीय संघको समानान्तर संगठन खोलिएको भनि समाजमा भ्रम फैलाउने काम भएको किरात राई विद्यार्थी संघको खोटाङको दिक्तेलमा सम्पन्न ९ औँ राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट विधि विधान सम्मत जीतेन राईको अध्यक्षता निर्वाचित केन्द्रीय कार्यसमिती नै आधिकारीक भएको कुरा कोही पनि भ्रमित नहुन समेत अनुरोध छ ।’

यसैगरी यायोख्खाले खोटाङमा सम्पन्न ९ औँ सम्मेलनको बारेमा पनि स्पष्ट गरेको छ । यायोख्खाले अध्यक्ष दिवस राई अध्यक्ष मण्डलमा नबसी खाली अविभाविकिय भुमिका मात्रै खेलेको समेत स्पष्ट गरेको छ ।

नेतृत्व सर्वसम्मत चयन
यायोख्खाले संघको नेतृत्व सर्वसम्मत चयन भएको जनाएको छ । अन्तिम ५७ केन्द्रीय परिषद निर्वाचन भएको र केन्द्रीय कार्यसमिती सर्वसम्मत चयन भएको जनाएको छ । यायोख्खाले भनेको छ, ‘बन्दसत्रमा बसी सर्वसम्मत हिसाबले नेतृत्व चयन गर्न लागि हर सम्भव प्रयास गरेको हो । अध्यक्ष मण्डल लगायत विद्यार्थी नेताहरुले समझदारीको लागि धेरै प्रयास गर्दा पनि सहमति हुन सकेन ।

समस्य समाधानको लागि पदाधिकारीमा धेरै आकाक्षीलाई समेटनका लागि बन्द सत्र विद्यमान विधानमा पदाधिकारी संख्या थप गरी बन्दसत्रको हलले पारित गरिसकेको सवालमा पनि असन्तुष्टि समुहले पुन विरोध गरि निर्णय उल्ट्याउने काम गरेको र सहमतिको लागि रातभर प्रत्यन गर्दा पनि सहमति हुन नसकेपछि उक्त समुहले अन्तिममा ‘ हाम्रो एक मात्र चाहाना अब निर्वाचन हो, निर्वाचन गर्नुपर्छ’ अडान राखेपछि ती समुहकै माग बमोजिम अन्तिममा ५७ जनाको परिषद सदस्य छनौट लागि निर्वाचन गरिएको तर केन्द्रीय कार्यसमिती सर्वसम्मतबाट भएको कुरा स्पष्ट गर्दछौँ ।’

यसैगरी यायोख्खाले सम्मेलनमा रामचन्द्र राई लगायत असन्तुष्ट समुहले उम्मेदवारी दर्तादेखि मतदान प्रक्रिया लगायतको सम्पुर्ण प्रक्रियामा सहभागी भई नव निर्वाचित कार्यसमितीलाई बधाई तथा शुभकामना ज्ञापन गर सम्मेलनको सम्पुर्ण प्रक्रियामा सहभागी भई सम्मेलन सम्पन्न भएको बताएको छ । तर, निर्वाचित समितीलाई बधाई समेत दिए घर फर्किएपछि सामाजिक सञ्जालमा ‘हाम्रो असहमति छ, राजनीति करण गरियो भन्नु युक्ति संगठन र जाजय नभएको बताएको छ ।

यसैगरी राई विद्यार्थीको नाम भ्रम फैलाउने गतिविधीले समाजमा समुदायलार्य नै गम्भिर असर पर्ने भएको व्यक्तिगत स्वार्थ र राजनैतिक अभिष्ट भन्दा माथि उठेर यस्तो गतिविधीहरुलाई निरुत्साहित गर्दे अमर्यादित टिकाथिप्पणी नगर्ने र भ्रमपुर्ण समाचारको पछि नलाग्नु अपिल गरेको छ ।

संस्थालाई हानीहुने भ्रम नफैलाउन आग्रह

किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले संस्थाका पूर्व तथा वर्तमान पदाधिकारी सदस्यहरुलाई राजनीतिक अभिष्ट भन्दा माथि उठेर समुदायको हितमा लाग्नुपर्ने जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘संस्थालाई प्रत्यक्ष हानी पुग्ने गतिविधीहरुलाई निरुत्साहित गर्दै अमर्यादित क्रियाकलाप तथा टिकाटिप्पणि नगर्न, नगराउन र भ्रमपूर्ण समाचारहरुको पछि नलाग्न सम्पूर्ण समुदायमा हार्दिक आव्हान गर्दछौं ।’

‘रामचन्द्र राईले आफनो राजनीतिक अभिष्ट पुरा गर्न संघमाथि हिलो छ्यापे’
यसअघि किरात राई विद्यार्थी संघको केन्द्रीय कार्यसमितीको लेटर प्याडमा जारी विज्ञप्तीमामा रामचन्द्र राई नेतृत्वको समितिलाई राजनीति अभिष्ट पुरा गर्ने हेतुले बनाएको आरोप लगाएको थियो ।

संघको विधि र प्रक्रियाबाट बाहिरिएका रामचन्द्र राईले सम्मेलन सकिएको चार महिनापछि आफ्नो नेतृत्वमा अर्को समिति घोषणा गर्नु हाँस्यास्पद भएको समेत बताएको थियो ।

बुधबार संघप्रति असन्तुष्ट राई विद्यार्थीहरुले झापाको दमकमा भेला आयोजना गरी रामचन्द्र राईको अध्यक्षतामा किरात राई विद्यार्थी संघ घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्