सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौं, २३ भदौ / चितवन, कालिका नगरपालिका-९ शक्तीखोर बजारस्थित सडकमा ना।४ च २५५८ नम्बरको बलेरो जिपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४ वर्षीय हमिद मियाँकोआइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । बारा, जितपुर सिमरा उपमहानगरपालिका-९ स्थित सडकमा नितनपुरबाट जितपुरतर्फ जाँदै गरेको ना.४७ प २५०३ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक बुधगाई बेलवा बस्ने २५ वर्षीय रामान्नद चौधरीलाई उपचारको लागि गण्डक अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकी श्रीमती १८ वर्षीया चाँदनी चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्