बिजुली बस चढेर टुँडिखेल घुमे उपप्रधानमन्त्री

काठमाडौं भदौ २३ / उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बिजुली बसको शुभारम्भ गरेका छन्। पोखरेलले बिजुली बस शुभारम्भ गर्दै सानो सुरुआती प्रयास भए पनि विकासका लागि यो परिवर्तनको संवाहक भएको बताए।

बिजुली बसको उद्घाटन गरेपछि उपप्रधानमन्त्री पोखरेल बिजुली बस चढेर टुँडिखेल घुमे।सुन्दर यातायात कम्पनीले दुई वटा बिजुली बस सञ्चालनमा ल्याएको हो। यी बस रिङरोडमा सञ्चालन चल्नेछन्। केहीदिनमै थप २ बिजुली बस सञ्चालनमा आउने सुन्दर यातायातले जनाएको छ।

‘अरु २ वटा पनि काठमाडौं आइसक्यो, केही दिनमै यी बस पनि थपिन्छन्’ सुन्दर यातायातका सञ्चालक सुरेश पोखरेलले भने।कम्पनीले एक वर्षमा अरु ५० वटा बस थप्ने योजना बनाएको छ। हालका लागि रिङ्गरोडमा सञ्चालन भए पनि पछि थपिएका बस अन्य रूटमा चलाइने उनले जानकारी दिए।

सुन्दरले सुरुवाती चरणमा सञ्चालन गर्ने चार बसमध्ये दुई वटा ४० सिट र ३० जना उभिएर यात्रा गर्न मिल्ने क्षमताका छन् भने २ वटा बस र ३० सिट तथा २० जना उभिएर यात्रा गर्न मिल्ने क्षमताका छन्।यी बस फूल चार्ज गरेपछि २६५ किलोमिटरसम्म गुड्न सक्ने छन्। यसको उच्चतम गति प्रतिघण्टा ६९ किलोमिटरसम्म रहेको छ।

नगदरहित भुक्तानीका लागि सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै छ। यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्नेद छ।त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ। योबाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ।

त्यस्तै प्रभु पे, आईएमई पे र खल्तीबाट पनि भाडा तिर्न सकिने पोखरेलले बताए। गाडीमा सिसी क्यामरा, जिपिएस, ह्याङ्गर लगायतको सुविधा रहनेछ। सुन्दर यातायातले काठमाडौंको भत्केको पुलमा चार्जिङ स्टेशन पनि जडान गरेकोछ।


प्रतिक्रिया दिनुहोस्