वामदेव गौतमलाई कास्की बाट उम्मेदवार बनाउने नेकपाको तयारी

काठमाडौं भदौ २४ / नेकपाले कास्की क्षेत्र नम्बर २ बाट प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम् कास्की–२ का निर्वाचित सांसद रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक भएसँगै शक्तिशाली बन्दै गएका गौतमलाई सांसद बनाएर संघीय संसदमा ल्याउन खोजिएको स्रोतलाई उदृत गर्दै आजको राजधानी दैनिकमा यो समाचार छ ।


प्रतिक्रिया दिनुहोस्