वामदेव गौतम ज्वरोले थलिए डेंगुको आशंका

काठमाडौं, भदौ २४ / नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम ज्वरोले थलिएपछि डेंगुको आशंकामा रगतको जाँच गरिएको छ । सोमबार ज्वरो आएपछि नेता गौतमको रगत परीक्षण गरिएको र डेंगु लागेको हो कि हैन, भन्ने मंगलबार रिपोर्ट आएपछि थाहा हुने उनका निजी सहयोगीले जानकारी दिए ।


‘ज्वरो आएकाले अहिले उहाँ घरैमा आराम गरिरहनु भएको छ, सोमबार परीक्षणका लागि दिइएको रगतको रिपोर्ट आउन बाँकी छ’, गौतम निकट स्रोतले भन्यो ।

यसअघि कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालमा डेंगुको संक्रमण देखिएको थियो । मन्त्री खनाल ग्राण्डीमा उपचार गरेर सोमबार डिस्चार्ज भएका छन् । यस्तै चर्चित डा। सन्दुक रुइतको परिवारमा पनि डेंगुको संक्रमण देखिएको छ ।उनीहरु पनि अहिले उपचारमै छन् । अहिले काठमाडौं उपत्यकामा पनि डेंगुको संक्रमण बढ्न थालेको छ । संक्रमण बढेसँगै अस्पतालहरुमा विरामीको चापबढ्न थालेको छ ।


प्रतिक्रिया दिनुहोस्