नेपाली महिला टिम नदेज्दा कपको फाइनलमा प्रवेश

काठमाडौं, भदौ २४ / नेपालले ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । किर्गिस्तानको सेन्ट्रल रङ्गशालामा भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो । नेपालको जितमा सावित्रा भण्डारीले खेलको ८६ औं मिनेटमा हेडर गोल गरिन् । पहिलो हाफमा गोलरहित बराबरी खेलको नेपालले दोस्रो हाफमा गोल गर्न सफल भयो । नेपालले ताजिकिस्तानलाई अघिकांश समय दबाबमा राखेको थियो ।

यो जितसँगै नेपाल यो प्रतियोगिताको लिग चरणमा दोस्रो बन्दै फाइनलमा प्रवेश गरेको हो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा भने उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको थियो ।


प्रतिक्रिया दिनुहोस्