विप्लवका छोरा प्रकाशसहित १५ विद्यार्थी चितवनबाट पक्राउ

काठमाडौं भदौ २५ / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लव०का छोरा प्रकाश चन्दसहित १५ विद्यार्थी चितवनबाट पक्राउ परेका छन्। चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीबिचको झडपमा उनीहरुलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिएका छन्। पक्राउ पर्नेमा १० जना पुरुष र ७ जना महिला रहेको छ।

उनिहरु सबै मेडिकल कलेजका विद्यार्थी हुन्। केही समय अघिदेखि विद्यार्थीहरु मेडिकल कलेजविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका छन्। उनिहरुले तोकिएको भन्दा बढी लिएको शुल्क फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखी आन्दोलन गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस्