गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले वाइ.सि.एल खडा गरे

काठमाडौं भदौ २५ / गोपाल किराती नेतृत्व रहेको पुनर्गठित नेकपा (माओवादी केन्द्र)ले आफ्नो भातृ संगठन युवा कम्युनिष्ट लिग प्रथम राष्ट्रिय भेला बृहत रुपमा सम्पन्न गरेको छ ।
प्रचण्ड नेतृत्व एमालेमा एकीकरण भइ नेकपा स्थापना भए पनि नेता गोपाल किरातीको नेतृत्वमा पुनर्गठन भएको नेकपा केन्द्रले वाइ सि एल गठन गरेको हो।


नयाबानेश्वरको ओमशान्ति पार्टी प्यालेशमा आयोजना गरिएको भेलामा प्रमुख अतिथि उक्त पार्टी का अध्यक्ष गोपाल किराती रहेका थिए भने अन्य विशेष अतिथिहरुमा पार्टी उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज तिलक थापा मगर, महासचिव कर्णजित बुढाथोकी,पार्टी सचिव राजन तिमिल्सिना ,पार्टी भातृ संगठन विधार्थी अध्यक्ष आलोक रायमाझी लगाएतका थिए ।


कार्यक्रमको सभाध्यक्ष वाइसिएल संयोजक प्रकाश राइ गौरवले गरेका थिए भने कार्यक्रम संचालन कपिल सिजापतिले गरेका थिए १ साथै स्वागत मन्तव्य राज्य खम्बुले र कार्यक्रमको अन्य गतिबिधि बारे प्रकाश दुमी राइले बोलेका थिए ।

उक्त कार्यक्रम मार्फत हाललाई ८६ वाइसिएल केन्द्रिय समितिको नामावली पार्टी उपाध्यक्ष तिलक थापा मगरले पढेर घोषणा गरेका थिए । सो घोषित केन्द्रिय समितिमा प्रकाश राइ गौरव अध्यक्ष, उपाध्यक्ष प्रकाश दुमी राइ,सचिव राज्य खम्बु,सचिव कपिल सिजापति लगाएत अन्य ८२ सदस्यहरु को नामावली प्रस्तुत गरिएको थियो । उक्त वाइसिएल केन्द्रिय सदस्यहरुलाई एक फर्मेशनमा राखेर पार्टी अध्यक्ष गोपाल किरातीले सपथ गराएका थिए ।


अन्य १९ सचिवालय सदस्यको नामवली वाइसिएल अध्यक्षले घोषणा गरेका थिए भने उक्त भेलामा शैक्षिक क्षेत्रमा उत्कृष्ट नम्बर ल्याउने ९विधार्थी० अखिल क्रान्तिकारीका महासचिव सुन्दर रायमाझीलाइ सम्मान समेत गरिएको थियो १ यसैगरि उक्त भेलामा भोजपुर स्थाई घर भएका कलाकार तथा व्यवशायी श्याम कुमार राइको टोलीले पार्टी प्रवेश गरेका थिए ,नव प्रवेशिलाई पार्टी अध्यक्ष किरातीले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्