काकाद्वारा ११ वर्षीया भतिजी बलात्कार

बागलुङ भदौ २५ / बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएको छ। बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

Search

About This Site

This may be a good place to introduce yourself and your site or include some credits.

Find Us

Address
123 Main Street
New York, NY 10001

Hours
Monday—Friday: 9:00AM–5:00PM
Saturday & Sunday: 11:00AM–3:00PM

Find Us

Address
Anamnagar 29

Kathmandu

Editor :-

Bikesh Limbu

Executive editor

Lokendra Limbu

Sub Editor

Bishweshwar  SameKham

Reporter

Sumana Limbu

Prakash Limbu

Sanjay Limbu

 

Phone Number :- 9842784223  / 9814999961