७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

काठमाडौं, भदौ २५ / नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं तार्केश्वर नगरपालिका-३ जितपुर फेदी बस्ने अछाम घर भएका दान बहादुर शाहीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

शाहीले ती बालिकालाई यौनदुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्