प्रचण्डले मागे पार्टीमा एकल नेतृत्व

झापा भदौ २९ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र आफ्नो कार्यकारी एकल नेतृत्व स्वीकार गर्न माग गरेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका गृह जिल्लामा उनले नेतृत्वका लागि विश्वास गर्न कार्यकर्तासमक्ष आग्रह गरे ।

फाईल तस्विर

संविधानसभा सदस्य गौरीशंकर खड्काको स्मृतिमा गठित प्रतिष्ठानको साधारणसभालाई सम्बोधन गर्दै उनले कार्यकारी अधिकारसहितको पार्टी अध्यक्ष हुने संकेत गरे ।

पूर्व एमाले निकट कार्यकर्तालाई लक्षित गर्दै अध्यक्ष दाहालले जननेता मदन भण्डारी आफ्नो सहकर्मी राजनीतिकज्ञ भएको र विगतमा पूर्व एमाले शीर्ष नेतृत्वलाई आफै प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले नेतृत्वका लागि आफूमाथि विश्वास गर्न आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्