फोनिजको छैठौँ संघीय महाधिवेशन सम्पन्न,अध्यक्षमा पुन : डण्ड गुरुङ निर्वाचित (नामावली सहित)

काठमाडौं, २५ चैत / नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको छैठौँ संघीय महाधिवेशनबाट अध्यक्षमा पुन डण्ड गुरुङ निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न महाधिवेशनले दोस्रो कार्यकालका लागि अध्यक्षमा गुरुङलाई निर्विरोध निर्वचित गरेको हो । अधिवेशनले ३६ सदस्यीय संघीय कार्यसमिति निर्वाचित गरेको छ । अधिवेशनमा देशभरका ५६ जिल्लाबाट चार सय बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो ।

फोनिजमा सूचिकृत ५६ जातिका शेर्पा, तामाङ, गुरुङ, श्रेष्ठ, थारु, मगर, राई, लिम्बु, धामी, लगायतका पत्रकारहरु सहभागी रहेका थिए । त्यस्तै ९८ अल्पसंख्यक जाति भित्रका आदिवासी जनजातिका पत्रकार समेत समेटिएका थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमिति विवरण यसप्रकार छ ।

अध्यक्ष : डण्ड गुरुङ
वरिष्ठ उपाध्यक्ष : गजुरधन राई
उपाध्यक्ष खुला  : लक्की चौधरी
उपाध्यक्ष महिला : देवीका घर्ती मगर
महासिचव : मनोज घर्ती मगर
संगठन सचिव :  मिलन लिम्बू
सचिव संस्थागत : जगतमान लामा दोङ
सचिव : अल्पसंख्यक कमन देवान
कोषाध्यक्ष : अमरध्वज लामा
सहकोषाध्यक्ष : अंजना शिल्पाकार
संघीय सदस्य : दीपिन राई, प्रदेश इन्चार्ज १ नम्बर प्रदेश
संघीय सदस्य : नीरज पीठाकोटे, प्रदेश इन्चार्ज २ नम्बर प्रदेश
संघीय सदस्य : समीर वलामी, प्रदेश इन्चार्ज ९३ नम्बर प्रदेश
संघीय सदस्य : हुमबहादुर गुरुङ, प्रदेश इन्चार्ज ४ नम्बर प्रदेश
संघीय सदस्य : देवबहादु पचभैया, प्रदेश इन्चार्ज ५ नम्बर प्रदेश
संघीय सदस्य : अशोक राजी, प्रदेश इन्चार्ज कर्णाली प्रदेश
संघीय सदस्य : रामचन्द्र कुश्मी, प्रदेश इन्चार्ज ७ नम्बर प्रदेश
संस्थागत सदस्य : सीतारमा चौधरी थारु पत्रकार समाज
संस्थागत सदस्य : दीपेन्द्र राई किरात राई पत्रकार संघ
संस्थागत सदस्य : चन्द्र पन्धाक लिम्बू (प्रयास)पत्रकार संघ
संस्थागत सदस्य  : अनिता गुरुङ तमु गुरुङ सञ्‍चारकर्मी
संस्थागत सदस्य  : मनोज घर्ती मगर नेपाल मगर पत्रकार संघ
संस्थागत सदस्य  : नृपेन्द्रलाल श्रेष्ठ नेवा पत्रकार राष्ट्रीय दवू
संस्थागत सदस्य  : विष्णुकुमार तामाङ तामाङ पत्रकार संघ
संस्थागत सदस्य  : फुर्किमा श्रेष्ठ शेर्पा सञ्चार समूह
खुला सदस्य  : केदार मगर ७४ मत
खुला सदस्य  : बुद्धवीर वाहिङ तामाङ ७८ मत
खुला सदस्य  : राजु चौधरी ७४ मत
खुला सदस्य  : विजयबोध लावती ६८ मत
खुला सदस्य  : विश्वराम तामाङ ८१ मत
महिला सदस्य  : उसा तामाङ १२७ मत
महिला सदस्य  : लक्ष्मी चौधरी १३९ मत
महिला सदस्य  : सन्चु ब्लोन तामाङ १५८ मत
महिला सदस्य  : सरीता श्रेष्ठ १४१ मत
अल्पसंख्यक सदस्य  : ख्याम भसजेल
अल्पसंख्यक सदस्य  : मिलाकुमारी दरै

त्यसैगरी लेखा समितिका संयोजकमा शाहीमान राई निर्वाचित भएका छन् । सदस्यहरुमा सुन्दर तरामु खुल्ला र रामकुमारी श्रेष्ठ रुवी महिला निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्