विप्लव जिल्ला सेक्रेटरी नेकपामा प्रवेश,

काठमाडौं,भदौ ३० / नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला सेक्रेटरी दिपेन राई जेलबाट नै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै राईले पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको हो ।

गत चैत २० गते झापाको विर्तामोडबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो । हाल उनलाई इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीतिप्रति असहमति जनाउँदै राईले उक्त पार्टी परित्याग नेकपामा प्रवेश गरेको घोषणा गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्