जड्याहाको कुटाइबाट असई घाइते,कार्यालयका ५ कर्मचारी पक्राउ

काठमाडौं भदौ ३१ / बाजुरामा जड्याहाँको कुटाइबाट नेपाल प्रहरीका एक असई घाइते भएका छन्।बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मान बहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले कुटपिट गर्दा चन्द घाइते भएको इन्सपेक्टर जनक ढुँगानाले जानकारी दिएका छन्।

ुराती मादक पदार्थ खाएर होहल्ला गर्दै हिँडेकी एक महिलालाई नियन्त्रणमा लिने क्रममा उनको साथमा रहेका अन्य प्रहरी व्यस्त भएको मौकामा एक्लै रहेका बेला ती महिलासँगै ७(८ जनाको संख्यामा रहेकाले पछाडि बाट ढुंगा हान्दा घाइते भएको होु, उनले भने।इन्सपेक्टर ढूगानाले आक्रमण गरेर भागेका उनीहरूलाई सोही राती पक्राउ गरिएको र उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएको बताएका छन्।

यसरी पक्राउ पर्नेमा राष्ट्रिय बाणिज्य बैकमा कार्यरत अमृत्त बोहरा र केशब गिरी सरकारी वकील कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिमा कार्यरत प्राबिधिक गोरख थापा र मेरिस्टोप सेन्टर नामक गैर सरकारी संस्थामा कार्यरत अनमि धनी थापा रहेका छन् ।

असई चन्दको अनुहार र शरिरमा चोट लागेको छ । अन्य प्रहरी जवानहरुको पनि शरिरमा चोटलागेको छ ।घाइते चन्दको गालाको दाहिने भागको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभए पछि जिल्ला बाहिर रिफर गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्