खराब मौसमका कारण त्रिभुवन विमानस्थल अवरुद्ध

काठमाडौं भदौ ३१ / खराबीमौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रियमा बिहानैदेखि उडान अवरुद्ध भएको छ। बाक्लो हुस्सु लागेको कारण भिजिबिलिटी कम भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको हो। त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अहिले विमानस्थलमा तीन किलोमिटर मात्र भिजिबिलिटी रहेको छ।

फाईल तस्विर

भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देश क्षेत्रीले जानकारी दिएका छन्। भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्