खराब मौसमले काठमाडौं आउन लागेका हेलिकप्टर आकस्मिक अवतरण, खेतमा

काठमाडौं भदौ ३१ / खराबीमौसमको कारण एकैपटक आधा दर्जन बढी हेलिकप्टरले एकै क्षेत्रमा आकस्मिक अवतरण गरेको छ।काठमाडौं विमानस्थलमा आउँदै गरेका अधिकांस हेलिकप्टर काभ्रे,सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अवतरण गरेको हो।

सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखाल नगरपालिका स्थित वडा नम्बर २ मा रहेका धानखेतमा आकस्मिक अवतरण गरिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप तिवारीका अनुसार मौसम प्रतिकुल भएपछि एकैपटक धेरै हेलिकप्टर अनुकुल ठाउँमा अवतरण गरेका हुन्।

उनका अनुसार हेलिकप्टर तथा यात्रुलाई भने केही भएको छैन।काठमाडौं आउँदै गरेका ८ वटा हेलिकप्टर विभिन्न ठाउँमा अवतरण गरेको हामीले सूचना पाएका छौं। यसबाट कुनै पनि क्षति भएको छैन। मौसममा सुधार भएपछि ती हेलिकप्टर उड्छन्ु तिवारीले भने।गएको केहीदिनदेखिको मौसमी प्रतिकुलताले लुक्ला उडान प्रभावित हुँदै आएको छ। लुक्लामा नियमित जहाज उडान नभएपछि हेलिकप्टरको चाप धेरै देखिएको छ।

सोही क्रममा आज काठमाडौंको मौसम खराब भएपछि हेलिकप्टर आकस्मिक अवतरण गरेको विमानस्थलका अधिकारीहरुले बताएका छन्।
त्रिभुवन विमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार अहिले विमानस्थलमा तीन किलोमिटर मात्र भिजिबिलिटी रहेको छ।

भिजिबिलिटी कम भएकाले विमानको उडान र अवतरण बन्द गरिएको महानिर्देश क्षेत्रीले जानकारी दिएका छन्। भिजिबिलिटी कम भएका कारण कतार एयरको विमान कोटेश्वर आएपछि डाइभर्ट गरिएको छ


प्रतिक्रिया दिनुहोस्