राजेश पायल राईको घरमा आगलागी,अवार्ड र प्रमाणपत्र जलेर नष्ट

काठमाडौं,भदौ ३१ / चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वरस्थित उनको घरमा सोमबार दिउँसो आगलागी भएको उनको भाई गायक तथा संगितकार नविन राईले जानकारी दिए । उहाँले आगलागीबाट मानवीय क्षती नभएको उनले बताए । टिभिको तार शट भई आगालागि भएको उनले जानकारी दिए ।

मानवीय क्षति नभएपनि आगलागीबाट उनका अवार्ड, सम्मान पत्र र मायाको चिनो जलेर नष्ट भएको छ । गायक राईसँगै उनको भाई राई नवीनको पनि जलेर नष्ट भएको छ ।दुई महिना कार्यक्रमको लागि अमेरिकामा रहेका गायक राजेश पायल राईले घटनाको बारे सामाजिक सञ्जालमा बताउँदै तत्काल नेपाल आउन नसक्ने पनि बताएका छन् । उनले भनेका छन्,‘यो घडिमा अहिलै घरमा आउन सकिन, सक्दिन पनि, मसँग पेशा छ, अनि बाध्यता पनि र आयोजकसँग अझै ९अमेरिका ,क्यानडा० दुइ महिनाको कार्यक्रमको एग्रीमेन्ट छ ।’

उनले घटनामा छिमेकीहरुले दर्साउनु भएको सहयोग, नेपाल प्रहरी, दमकल र परिवार प्रति धन्यवाद व्यक्त गनुभएको छ ।यसैगरी उनले आफनो अवार्ड, सम्मान पत्र जले पनि तपाईहरुले दिएको आर्शिवाद उस्तै रहोस भन्ने कामना गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्