झाँक्रीले पेट प्वाल पारेर गरेको गलत उपचारपछि मृत्यु भएपनि प्रहरीले उजुरी लिन मानेन प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १०:४६ काठमाडौं असोज १ / झाँक्रीले पेटमा प्वाल पारेर गरेको ‘गलत उपचार’ले ३९ वर्षीय राजु मगरको मृत्यु भएपनि प्रहरीले उजुरी लिन आनाकानी गरेको छ । दुई महिनादेखि जन्डिसले थला परेका राजुलाई मुखैले चुसेर कमलपित्तको विकास निकाल्ने भन्दै झाँक्रीले पेट चिरेका थिए । उक्त घाउ निको नभएर झनै थलिएका राजुको सोमबार जिल्ला अस्पताल धादिङमै मृत्यु भए । राजुको शव जिल्ला अस्पतालकै शवगृहमा अहिले राखिएको छ । मंगलबारसम्म शव परिक्षण गरिएको छैन ।लामा झाँक्रीविरुद्ध जाहेरी दिन गएका आफन्तजनलाई मंगलबार दिनभर प्रहरीले सबुत प्रमाणसहित आउन भनेपछि आफूहरु कागजपत्र मिलाउन लागेको मृतक राजुकी श्रीमती राधिकाले जानकारी दिए