पहिलो खेलमा नै लिभरपुल नापोलीसँग पराजित

एजेन्सी असोज १ / साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमै इटालियन क्लब को छ । नापोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० गोलले पराजित भयो । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको लिभरपुल दोस्रो हाफमा दुई गोल खान बाध्य बन्यो ।

८२औँ मिनेटमा ड्राइस मेर्टिन्सले पेनाल्टीमा गोल गर्दै नापोलीलाई अग्रता दिलाए । एन्ड्रिउ रोबर्टसनले डिबक्सभित्र जोसे कालेहनलाई फल हानेपछि नापोलीले पेनाल्टीको मौमा पाएको थियो । त्यसपछि इन्जुरी समयमा फर्नान्डो लोरेन्टेले गोल गर्दै नापोलीको जित पक्का बनाएका थिए ।

पहिलो हाफमा केही राम्रा गोल गर्ने अवसर गुमाएको लिभरपुल अन्ततः गोलरहित हार खेप्न बाध्य बन्यो । जितसँगै समूह ‘ई’ मा रहेको नापोलीले तीन अंक बनाएको छ । लिभरपुल अंक विहीन छ ।

यही समूहको अर्को खेलमा अष्ट्रेलियन क्लब आरबी साल्जवर्गले बेल्जियन टोली केआरसी जिन्कलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । साल्जवर्गको जितमा अर्लिङ ब्राउट हल्यान्डले ह्याट्रिक पूरा गरे । हि चान ह्वाङ, डोमिनिक, एन्ड्रियस उलमरले एक एक गोल गरे । जिन्कका जोन लुकुमी र एमविवाना समताले गोल गरे । जितसँगै साल्जवर्गले तीन अंक बनाएको छ । अंक विहिन जिन्क तालिकाको पुछारमा छ ।

यसैगरी समूह ‘एच’ अन्तर्गत खेलमा डच क्लब आयाक्सले फ्रान्सेली क्लब लिलेलाई ३–० र स्पेनिस टोली भ्यालेन्सियाले इङ्लिस टोली चेल्सीलाई १–० गोलले हरायो । घरेलु मैदानमा आयाक्सलाई जिताउन क्वीन्सी प्रोमेसले १८औं, इड्सन अल्भारेजले ५०औं र निकोलस ट्यागलियफिकोले ६२औं मिनेटमा गोल गरे ।

यसैगरी भ्यालेनिस्याको जितमा रोड्रिगोले ७४औं मिनेटमा गोल गरेका थिए । त्यसपछि चेल्सीले ८७औं मिनेटमा पेनाल्टी मिस गर्दा हार खेल्प बाध्य बनेको थियो । चेल्सीका रोस ब्रेकलीले पेनाल्टी मिस गरेका थिए । समूहमा तीन अंक बनाएको आयाक्स शीर्ष स्थानमा छ । समान तीन अंक बनाएको भ्यालेन्सिया दोस्रो तथा अंकविहीन चेल्सी र लिले क्रमशः तेस्रो र चौथो स्थानमा छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्